कमल नेपाल । बेथानचोक

च्याम्राङ्वेंशीमा अवस्थित तीनतले झरना पछिल्लो समय धेरै युवा युवतीको आकर्षणको केन्द्र बनेको छ । अरु झरनाहरू हिउँदयाममा सुक्ने भएता पनि यो झरना सदावहार रहन्छ । बेथानचोक नारायणस्थानको उत्तर पश्चिममा रहेको घना जङ्गलबाट आउने यो झरनाको पानी पवित्र मानिन्छ र यस झरनामा स्नान गरे रोगब्याधी हटेर जाने र मनोकामना पुरा हुने जनविश्वास रहेको छ । राजधानीबाट एकै दिनमा झरना पुगेर फर्कन सकिने हुँदा व्यस्तताको बाबजुत डे आउटमा रमाउनेहरू लागी खास गन्तव्यको रुपमा परिचित छ ।
Tintale waterfall Bethanchowk
कसरी पुग्ने ?
राजधानीबाट ५५ किमि दूरीमा रहेको तीनतले झरना जान रत्नपार्क वीर अस्पताल  अगाडिबाट पनौती सम्मको बस प्रत्येक ५ मिनेटमा उपलब्ध हुनेछ भने पनौतीबाट च्याम्राङ्वेंशी बिहान ८:३० र ९:०० बजे र दिउसो ३ बजे योजनामा रहेको र पनौती फर्कन को लागी बिहान १०:०० बजे, दिउसो  २:०० र ३:०० बजे बसहरू उपलब्ध हुनेछन् । मोटरसाइकल र जिप मार्फत जान चाहनेहरूले काठमाण्डौ  – भक्तपुर – बनेपा – पनौती – खोपासी  – ढुंखर्क – गुवाभञ्याङ – च्याम्राङवेंशी हुँदै तीनतले झरना सम्म पुग्न सकिन्छ ।
Tintale waterfall Bethanchowk
च्याम्राङ्वेंशीमा खाना नास्ता तथा कोठा सेयर गरेर बासको व्यवस्थापन हुनेछ । व्यवसायिक तवरबाट होटल रिसोर्ट र होमस्टेहरू अझै खुल्न बाँकी छ । यो स्थानमा क्याम्पीङ्ग पनि गर्न सकिन्छ ढुंखर्कमा रहेको माउण्ट महाभारत होमस्टेले क्याम्पीङ्ग (शिविर) सुविधा पनि उपलब्ध गराउँदै आएको छ भने टेन्ट, स्लिपिङ ब्याग लगायतका सामाग्रीहरू भाडामा पनि उपलब्ध हुनेछ । तीनतले झरना आसपास अन्य प्राकृतिक रुपमा अत्यन्त सुन्दर परिदृष्यहरू रहेका छन् । रतन खोला झरना, इन्देणी झरना, छ्याङ छ्याङ झरना यहाँका थप आकर्षणका केन्द्रहरु हुन् फुर्केथली क्याम्पीङ्गको लागी उपयुक्त स्थान हो यि सबै कुराहरू सँग रमाउन तपाईमा एउटै चिजको आवश्यकता पर्दछ त्यो हो दृढ इच्छा र साहस !
Tintale waterfall Bethanchowk
यात्रामा ध्यान दिनुपर्ने कुराहरू ।
मुख्य कुरा तीनतले झरना जादा वर्षाको वेला विशेष सावधानी अपनाउनुपर्छ ठुलो पानी परिरहेको बेला पहिरो खसेर सडक अवरुद्ध हुन सक्छ ।  बसमार्फत यात्रा गर्न चाहनेहरूका लागी बसको सङ्ख्या कम रहेको र खास समयमा मात्र उपलब्ध हुन्छ । जिप मोटरसाइकलमा यात्रा गर्नेहरूको लागी ढुंखर्क भन्दा माथि गुवाभञ्याङ सम्म बाटो सहज छ त्यस भन्दा पछि ओरालो एडभेन्चर यात्रा सुरु हुन्छ साँघुरो सडकमा अत्यन्त सावधानीका साथ सवारी चलाउनु पर्ने हुन्छ । गुवाभञ्याङ्ग क्षेत्रमा बाक्लो हुस्सु हुने हुँदा सडकको भिजिबलिटी कम हुन सक्छ । रोड क्लियरेन्स कम भएका पिकअप कम भएका सवारी साधनहरू तल नलग्दा ठिक हुन्छ भने तल लाने सवारीहरूलाई एक पटक सवारीको अवस्था जाँच गराउनु उपयुक्त हुन सक्छ । यस क्षेत्रका अन्य दहहरू गहिरो रहेका कारण सावधानी पूर्वक पौडी गियरका साथ खेल्नुपर्छ ।
तस्विर : खेमराज दाहाल

सम्बन्धित खबरहरु