कमल नेपाल । बेथानचोक

पछिल्लो समय पहाडहरूको राजा को रुपमा परिचित बेथानचोक तथा गजराम क्षेत्रमा घुम्ने सोच बनाउदै हुनुहुन्छ भने तपाईँलाई यो सामाग्री सहयोगी हुन सक्छ । नेपालको राजधानीबाट ५० किमि दूरीमा रहेको बेथानचोक तथा गजराम पर्वत जानको लागी निजी सवारी हुनेहरूले ढुंखर्कमा रहेको माउन्ट महाभारत होमस्टे सम्म आफ्नो निजी सवारी मार्फत र त्यहाँ वाट ३ घण्टाको हाइकमा बेथानचोक नारायणस्थान तथा गजराम पर्वत सम्म पुग्न सकिन्छ ।

सार्वजनिक बस मार्फत यात्रा गर्न चाहनेहरूले रत्नपार्क वीर अस्पताल अगाडिबाट सिधै ढुंखर्क सम्मको बस पाउनु हुनेछ यो यात्रा २ देखी ३ घण्टा सम्मको हुन सक्छ । यदि यो भेट्टाउन सक्नुभएन भने चिन्ता नलिनुस् तपाइले त्यहीबाट पनौतीको बस लिन सकिन्छ । काठमण्डौ देखि पनौती सम्म ९० मिनेटको यात्रा हुनेछ । र पनौतीबाट ढुंखर्क जाने बस प्रत्येक ३० मिनेटमा उपलब्ध हुन्छ । पनौतीबाट ४५ देखी एक घण्टामा तपाई ढुंखर्कको चारदोबाटो रहेको ग्लोबल आइ एम इ बैक र त्यहाँबाट सिधै तल झरेर बाह्रविसे दोबाटो बतासे हुँदै माउन्ट महाभारत होमस्टे पुग्न सक्नुहुनेछ ढुंखर्क बजार बाट होमस्टे सम्म पुग्न ४५ मिनेट देखी एक घण्टा सम्म लाग्छ ।

 

होमस्टेमा पुगेपछि तपाईँलाई होमस्टेमै बस्ने वा माथि क्याम्पीङ गने विकल्प हुनेछ । प्राय बेथानचोक घुम्न आउने मानिसहरू सनराइज, सनसेट क्लाउड सि लगाएत प्रकृति सँग रमाउने हुन्छ ।  यि सबै कुराको अनुभव एकै पटक गर्न तपाइले क्याम्पीङ सेवा छान्नुपर्ने हुन्छ भने सनराइज मात्र गर्ने हो बिहान चाँडै हाइक सुरु गर्ने र सनसेट सँग रमाउनेहरू रातमा तल झर्नुपर्ने हुन्छ । प्राय आगन्तुकहरूले बेथानचोक हाइक सामान्य रुपमा लिएको पाइन्छ । यो सामान्य हाइक हैन जहाँ आगन्तुकहरूले ट्रेकिङ सो सरहको आनन्द लिन सक्छन् यो उत्तिकै सहासी पनि रहेको छ  ।

बेथानचोकको टुप्पोमा जाने योजना बनाउनेहरूले हाइक गर्ने जुत्ता, ट्रेकिङ पोल, न्यानो कपडा, टोपी, पञ्जा, ज्याकेट, मफलर, मोजा, न्यानो ट्राउजर, टर्च लाइट, पावर बैक, वाटर बोतल, ड्राइफुड्स  र स्न्याक्स ल्याउन सक्नुहुनेछ । होमस्टेवाट खोला हुँदै बर्ड वाचिङ्ग ट्रेल मार्फत बेथानचोक नारायणस्थान र  गजराम पर्वत २ घण्टा ३० मिनेट देखि ३ घण्टा सम्म  पुग्न सकिन्छ भने अर्को बाटो  चुइका ढुँगा हुँदै गजराम पर्वत २ घण्टामा पुग्न सकिन्छ भने  गजराम पर्वतबाट महाभारत चट्टानको पहाड हुँदै बेथानचोक नारायणस्थान पुग्ने पदमार्ग वास्तवमै सुन्दर अनि साहसिक छ यसले पक्कै पनि तपाईँलाई ट्रेकिङको अनुभुति गराउँछ यो यात्रा ३० देखी ४५ मिनेट सम्मको हुनेछ भने बेथानचोक टुप्पो बाट १ घण्टा ३० मिनेट देखि २ घण्टाको समयमा होमस्टे फर्कन सकिनेछ।

गत असोज ११ र १२ गते परेको भारी वर्षापछि पहिरोले बेथानचोक पर्यटकिय पदमार्गका धेरै स्थानमा क्षति पुगेको छ । हाल पैदलयात्रीहरूले वैकल्पिक पदमार्ग प्रयोग गर्नुपर्ने हुदाँ यात्रा समय र यात्रा कार्यक्रम निर्धारीत योजनाहरू भन्दा फरक हुन सक्छ र यो बाटो केही कठिन तर सुरक्षित छ । उचाइमा पुगेपछि, तपाईंले चट्टानी पहाडहरूसँगै महाभारतको ट्रेल पाउनुहुनेछ।

 

सम्बन्धित खबरहरु